काठमाडौं । सैनिक शासनविरुद्ध म्यान्मारमा भइरहेको प्रदर्शनमा एकैदिन १०० भन्दा धेरैको मृत्यु भएको छ । सैनिक ‘कु’ विरुद्ध शनिबार भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको कारवाहीमा ११४ जनाको ज्यान गएको हो । प्रदर्शनमा ११४ जनाले ज्यान गुमाएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

‘म्यान्मार नाउ’ अनलाइनले १३ वर्षीया किशोरीसहित कम्तीमा ११४ जना ज्यान गुमाएको उल्लेख गरेको छ । प्रदर्शनका क्रममा २० जनाभन्दा बढी बालबालिका ज्यान गुमाएका छन् भने हालसम्म ज्यान गुमाएकाको संख्या ४ सय नाघेको छ । सेना प्रमुख मीन ह्यालिङले सशस्त्र फौज दिवसका क्रममा टेलिभिजनमार्फत सम्बोधन गर्दै देशमा निष्पक्ष चुनाव गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् तर उनले चुनावको मितिबारे केही उल्लेख गरेका छैनन् ।

सम्बन्धित खबरहरु