काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउनु भएको छ ।

अध्यक्ष दाहालले तत्काल सरकारको समर्थन फिर्ता नलिन आफूमाथि चर्को दबाव रहेको पनि जानकारी दिनुभयो । शनिबार बृहत् नागरिक आन्दोलनको कार्यक्रममा बोल्दै उहाँले यस्तो खुलासा गर्नुभएको हो ।

समर्थन फिर्ता नलिन दबाव भएको बताउँदै उहाँले हतार गरेर समर्थन फिर्ता लियो भने अर्को कुरा हुने संकेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘अब म धेरै दिन कुर्ने वाला छैन। छिट्टै अगाडि बढ्छु। सबै राजनीतिक दलहरूको साझा सहमति कुरिरहेको छु ।’

उहाँले ओलीको प्रतिगमनविरुद्ध साझा धारणा बनाउनुपर्ने आजको आवश्यक्ता भएको पनि औल्याउनुभयो । सेटिङ गरेको भन्दै ओली पक्षले आरोप लगाएको भए पनि आफुले सार्वजनिक रुपमा त्यो सेटिङ जनताको बलमा भयो भनेको बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफुहरुले एउटा ब्याटल जितेको पनि उहाँले जनाउनुभयो । संसद पुनःस्थापनापछि ओलीले राजीनामा दिनुहुन्छ कि भनेर कुरामा आफु आशावादी भएको पनि प्रचण्डको भनाई छ ।

संसद पुनःस्थापना गर्ने सर्वोच्व अदालतको निर्णयपछि आफुहरु राजनीतिक रिल्याक्स गरेको पनि उहाँले बताउनुभयो । प्रचण्डले लोकतन्त्रको विरुद्ध डिजाइन छ भनेर आफुहरुले तयारी नगरेको पनि स्विकार गर्नुभएको छ ।

सम्बन्धित खबरहरु