काठमाडौं । बङ्गलादेशलाई हराउँदै नेपाली फुटबल इतिहासमा सोमबार फेरि एक अर्को सफलता थपिएको छ । नेपालले दशरथ रंगशालामा भएको फाइनलमा बङ्गलादेशलाई २–१ गोलान्तरले हराएर थ्री नेसन्सकप जितेको हो ।

नेपालका लागि सन्जोग राई र विशाल राईले पहिलो हाफमा एक–एक गोल गर्नुभयो । तपाईंलाई जानकारी गराउ कि नेपाली भूमिमा नेपालले जितेको यो फुटबलको दोस्रो उपाधि हो । यसअघि सन् १९८४ मा काठमाडौंमा भएको पहिलो दक्षिण एसियाली खेलकुदका पुरुषतर्फ स्वर्ण जितेको थियो ।

पहिलो उपाधि जितेको ३७ वर्षपछि अर्को उपाधि जित्न सफल भएको छ । अर्कोतिर अन्तर्राष्ट्रिय फुटबलमा नेपालले जितेको यो समग्रमा पाँचौं उपाधि हो । नेपालले सन् १९८४ को दक्षिण एसियाली खेलकुदसँग सन् १९९३ मा यही प्रतियोगितामा स्वर्ण जितेको थियो ।

त्यसपछि सन् २०१६ मा नेपालले बंगबन्धु गोल्डकप र एएफसी सोलिडारिटीकप जितेको थियो । सन् १९९९ मा दक्षिण एशियाली फुटबल प्रतियोगितामा नेपाललाई हराएर बङ्गलादेशले ट्रफी उचालेको थियो ।

उक्त हारको बदला समेत नेपालले पुरा गरेको छ । प्रतियोगिताको ट्रफीसँगै नेपाल पाँच हजार अमेरिकी डलर पुरस्कारबाट पुरस्कृत भएको छ । थ्री नेशन्स कप फुटबल प्रतियोगितामै सञ्जोगले डेब्यु गर्नुभएको हो ।

सम्बन्धित खबरहरु