काठमाडौ । नेपाली फुटबल टोलीले दशरथ रंगशालामा ‘केपी बा वी लभ यू’ को नारा घन्काएको छ । थ्री नेसन्स कप फुबटल च्याम्पियन बनेपछि प्रधानमन्त्री ओलीलाई सम्मान स्वरुप ‘केपी बा वी लभ यू’ भन्दै पटक पटक नारा लगाएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा चिरपरिचित प्रतिद्धन्द्धी बंगलादेशलाई २–१ ले ले पराजित गर्दै नेपाल थ्री नेसन्स कप च्याम्पियन बनेको थियो ।

उपाधि समारोहमा सामूहिक रुपमा उत्सव मनाईरहेको ठाँउमा पुग्नु भएका प्रधानमन्त्री ओलीसँग तस्विर खिचाउनेक्रममा फुटबल टोलीका खेलाडीले ‘केपी बा वी लभ यू’ भन्दै पटक पटक नारा लगाएका थिए । ओली फाइनल खेलको प्रमुख अतिथिको रुपमा खेल अवधिभर दशरथ रंगशालामा रहनु भएको थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित खबरहरु