काठमाडौं । एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलामा पुनरावलोकन माग्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत पुग्नु भएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दिन उहाँ अदालत पुग्नु भएको हो ।

कानुन व्यवसायीसहित प्रचण्ड मंगलबार बिहान सर्वोच्च अदालत पुग्नु भएको हो । फागुन २३ गते न्यायाधीशहरू कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले एमाले र माओवादी केन्द्र ब्युँताएको थियो ।

सम्बन्धित खबरहरु