काठमाडौं । नेकपा एमालेको नेपाल समूहले दुई नेतामाथि भएको कारबाही अस्वीकार्य भएको बताएको छ ।

नेकपा (एमाले) वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षधर ११ जना स्थायी कमिटी सदस्यहरुले संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो बताइएको हो ।

समुहले देशभर समानान्तर कमिटी ब्युँताउने घोषणा पनि गरेको छ । आज बसेको नेपाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

हिजोमात्रै अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र भीम रावललाई ६ महिनाको लागि साधारण सदस्यसमेत नरहनेगरि निलम्बन गर्नुभएको थियो ।

त्यसको भोलिपल्ट आज नेपाल पक्षधरको बैठक बसेर यस्तो निर्णय गरेको हो ।

आजको बैठकले प्रधानमन्त्री ओलीले पार्टी विभाजन गरेको निष्कर्ष निकालेको नेता रावलले जानकारी दिनुभयो ।

आफूहरुले पार्टीलाई पूर्ववत अवस्थामा तुल्याएर अगाडि बढ्ने पनि निश्कर्ष निकालेको रावलले स्पष्ट पार्नुभयो ।

सम्बन्धित खबरहरु