काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिवङ्गद नेता मानन्धरको शवमाथि पार्टीको झण्डा ओढाउनुभयो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका नेता विष्णुबहादुर मानन्धरको निधप्रति दुःख व्यक्त गर्नुभएको छ ।

त्यसअघि माओवादी केन्द्रका अध्यक्ष दाहालले नेता मानन्धरको निधनले नेपालको सिङ्गो किसान आन्दोलन र कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति भएको बताउनुभएको छ ।

अध्यक्ष दाहालले शोक वक्तव्यमार्फत नेता मानन्धरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

नेता मानन्धरले विसं २००७ मा आफ्नै घरबाट विद्रोहको विगुल फुक्नुभएको स्मरण गर्नुहुँदै अध्यक्ष दाहालले विसं २००९ को रौतहटको चर्चित किसान आन्दोलनमा अग्रणी भूमिका खेल्नुभएको बताउनुभएको छ ।

नेपालको वामपन्थी आन्दोलनमा नेता मानन्धरले पु¥याउनुभएको योगदान सधैँ स्मरणीय रहिरहने अध्यक्ष दाहालको भनाइ छ ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, गणेश साहलगायतले अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।

सम्बन्धित खबरहरु