काठमाडौं । प्रधानमन्त्री केपी शर्मा मुलुक निर्वाचनमा जाँदा लोकतन्त्रलाई कुनै सङ्कट नपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालको २३औँ वार्षिकोत्सवका अवसरमाम आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले मध्यावधि निर्वाचन घोषणा गरे पनि अदालतको फैसलाका आधारमा प्रतिनिधिसभा पुनःस्थापना भएकाले आफूले त्यसलाई मानेर अघि बढेको जनाउनुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कुनै खतरा नरहेको उल्लेख गर्दै उहाँले चुनाव गर्दा लोकतन्त्रलाई खतरा कसरी पर्छ भन्ने प्रतिप्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, “प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि अबको २० महिनामा नियमित प्रक्रियाबाटै पनि चुनाव हुन्छ ।

त्यसले कसरी लोकतन्त्रलाई खतरामा पार्छ ?” उहाँले केही नेताको राजनीतिक सङ्कटमा परेको भए पनि मुलुकलाई सङ्कट नपरेको स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री ओलीले पुनःस्थापनाको फैसला हुँदा विजययात्रा गर्नेहरुले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकतालाई साविककै अवस्थामा फर्काउने फैसला गर्दा विरोध गरिनु विरोधाभाष भएको प्रतिक्रिया दिनुभयो ।

एमालेका अध्यक्ष ओलीले मिसन पत्रकारिताका नाममा हुने विकृति रोकिनुपर्ने सुझाव दिँदै क्लबको वार्षिकोत्सवमा शुभकामना दिनुभयो ।

सम्बन्धित खबरहरु