काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्ना समकक्षीको स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।

भारतीय राष्ट्रपति कोविन्दको आज मुटुको सफल शल्यक्रिया गरिएको छ । शल्यक्रिया सम्पन्न भएकामा खुुशी व्यक्त गर्दै राष्ट्रपतिले शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।

सम्बन्धित खबरहरु