काठमाडौं । नेपालमा कोरोना संक्रमण पुनः बढ्दैछ । यो बीचमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै खाले भेला, सभा, जुलुस तथा जमघटहरु रोक्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार यस्तो निर्देशन दिनुभएको हो । अर्कोतिर संघ र प्रदेश मातहतमा रहेका अस्पतालहरुलाई उपचारको व्यवस्था सहित तयारी अवस्थामा बस्न पनि निर्देशन दिइएको छ ।

मन्त्रालयले पीसीआर परीक्षण गराउने सरकारी र निजी ८४ प्रयोगशालालाई समेत तयारी अवस्थामा बस्न र सरकारी प्रयोगशालाहरुमा परीक्षण गराउन जनशक्ति अभाव भए थप गर्न समेत निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमले काठमाडौ प्रवेश गर्नेहरुको क्रमरहित कोरोना परीक्षण गराउन समेत आग्रह गर्नुभयो ।

सम्बन्धित खबरहरु