काठमाडौं । नेपालसहित विश्वभर आज मूर्ख दिवस मनाइदैँछ । अप्रिल फुल प्रत्येक वर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका विभिन्न देशमा मनाइन्छ । नेपालीमा ‘फुल’ लाई “मूर्ख” भनिन्छ ।

आजका दिन मान्छेहरूलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने गरिन्छ । त्यसकारण आजको दिनको नाम अप्रेल फुल रहन गएको हो । यो दिनमा सबैले एक अर्कालाई मुर्ख बनाएर रमाइलो गर्ने गर्छन् ।

परम्परागत रूपमा न्यूजील्यान्ड, बेलायत, अष्ट्रेलिया र दक्षिण अफ्रिका जस्ता केही देशहरूमा, त्यस्ता रमाइलो दिउँसो सम्म मात्र गरिन्छ । यदि कसैले दिउँसो पछि कसैलाई मूर्ख बनाउन प्रयास गर्‍यो भने यसलाई ‘अप्रिल फूल’ भनिन्छ ।

सम्बन्धित खबरहरु