काठमाडौं । मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण निर्णय गरेको छ । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईलाई नियुक्त गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार विहान बसेको बैठकले उक्त निर्णय गरेको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीकाअनुसार बैठकले राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेललाई नियुक्त गरेको छ ।

सोहीअनुसार समितिको सदस्यहरुमा बाबुकृष्ण कार्की, शशी शर्मा, भेषराज आचार्य, डा. सुस्मिता ढकाललाई नियुक्त गर्ने निर्णय गरेको छ । चुरे क्षेत्रमा व्यापक दोहन भएपछि त्यसको संरक्षणका लागि सरकारले समिति गठन गरेको हो ।

सम्बन्धित खबरहरु