२० चैत ९रासस÷सिन्ह्वा० ः माल्दिभ्सको राजधानी मालेमा एक महिनादेखि लगाइएको कफ्र्यु हटाइएपछि आजदेखि यहाँको बजार तथा शिक्षण संस्थाहरु खुल्ने भएका छन् ।

गत मार्च ४ तारिखदेखि माल्दिभ्सको राजधानी मालेमा कफ्र्यु लगाइएको थियो । यहाँको स्वास्थ्य सुरक्षा निकायले कोभिड १९ को संक्रमण बढेको भन्दै मालेमा कफ्र्यु आदेशको घोषणा गरेको थियो ।

राजधानी सहरमा लगाइएको कफ्र्यु गए रातिदेखि अन्त्य गरिएको यहाँको स्वास्थ्य सुरक्षा निकायले शुक्रबार जानकारी दिएको हो ।

बिहीबार साँझ प्रकाशन गरेको सूचनामा बिहीबार राति ११ बजेदेखि बिहान ४ः३० बजेसम्मका लागि लागू गरिएको कफ्र्यु हटाइएको जनाइएको छ ।

कोरोनाभाइरसको महामारी थप फैलिन नदिने उद्देश्यले गएको मार्च महिनाको ४ तारिखदेखि यहाँ कफ्र्यु लगाइएको थियो ।

आजदेखि कफ्र्यु हटेपछि यहाँका प्राथमिक विद्यालय, नर्सरीहरु, डे केयर, जिम, विश्वविद्यालय, चलचित्र घरलगायत पूनः सुचारु हुने भएका पनि बिहीबार साँझ प्रकाशन गरिएको सूचनामा जनाइएको छ ।

यहाँको सरकारले अब राजधानी मालेमा यी सबै सेवा सञ्चालन गर्न दिए पनि कोरोना भाइरसबाट बच्न अपनाउनु पर्ने स्वास्थ्यसम्बन्धी मापदण्डहरु भने पालना गर्नुपर्ने व्यवस्था गरेको छ ।

माल्दिभ्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ अहिलेसम्म करिब २४ हजार मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।

सम्बन्धित खबरहरु