काठमाडौं । चर्चित नायिका प्रियंका कार्कीले आफु आमा बन्न लागेको बताएकी छिन् । शुक्रबार साँझ फेसबुकमा आफू गर्भवती भएको पोस्ट गरेकी हुन् ।

उनले शुक्रबार साँझ सवा सात बजे पति आयुष्मान देशराज जोशीसँगको सादा फोटो सेयर गर्दै यस्तो जानकारी दिएकी हुन् । कार्कीले भनेकी छिन्, ‘अब तपाईंले सोध्न रोक्नुपर्छ, हो हामी गर्भवती छौँ ।’

अंग्रेजीमा लेखेर गरिएको पोस्टमा धेरै भाइरल पनि हुँदैछ । उनले हामी गर्भवती छौँ भनेर गरेको टिप्पणीलाई लिएर धेरैले आश्चर्य मान्दै हजारौं प्रतिकृयाहरु दिएका छन् ।

सम्बन्धित खबरहरु