काठमाडौं । कोरोना महामारीका कारण थलिएको नेपालको सांगेतिक क्षेत्र फेरि जुर्मुराउन थालेको छ । यो बीचमा सन्दिप भुजेलले ‘झिमिक झिमिक परेली’ बोलको गीत बजारमा ल्याएका छन् ।

गीतमा गायिका मेलिना राई र गायक थिरज राईको स्वर रहेको छ । अर्कोतिर चर्चित मोडल सोनिका रोकाया र जोन पुलामी मगरको जोडदार अभिनय पनि रहेको छ । झिमिक झिमिकमा डिपी खनालको शब्द तथा थिरज राईको संगीत छ ।

प्रेम जोडीबीचको माया र प्रेमलाई दर्शाउन खोजिएको छ । उक्त भिडियोमा रञ्जित घिसिङको छायाङ्कन र सम्पादन रहेको छ । शुक्रबार युट्यबमार्फत सार्वजनिक भएको गीतले दर्शकको मन खुबै जितिरहेको छ ।

सम्बन्धित खबरहरु