काठमाडौं । वातावरण प्रदूषणका कारण बन्द भएका देशभरका विद्यालयहरु आजदेखि खुल्ने भएका छन् । आजदेखि देशैभरिका विद्यालय सञ्चालन हुने भएका हुन् ।

वातावरण प्रदूषण कम हुँदै गएकाले आजदेखि विद्यालयहरु सञ्चालनमा आउन लागेको शिक्षामन्त्रालयले जानकारी दिएको छ । वायु प्रदूषण बढेपछि सरकारले गत चैत १७ गतेदेखि देशैभरिका विद्यालय चार दिनसम्म बन्द गर्ने निर्णय गरेको थियो ।

वायु प्रदूषणले विद्यार्थीमा स्वास्थ्य समस्या आउन सक्ने भन्दै शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्न निर्देशन दिएको थियो । सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेपनि उपत्यका बाहिरका कतिपय जिल्लामा भने विद्यालय बन्द नभइ नियमित सञ्चालन भइरहेका थिए ।

सम्बन्धित खबरहरु