काठमाडौं । चर्चित बलिउड अभिनेता अक्षय कुमार पनि कोरोना संक्रमित भएका छन् । आइतबार बिहान अक्षय कुमारले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिनु भएको हो ।
प्रोटोकल पालना गर्दै आफू तत्काल आइसोलेसनमा बसेको उहाँले बताउनु भएको छ । अभिनेता अक्षय कुमार अहिले होम क्वारेन्टिनमा बस्नु भएको छ ।

उहाँले आफूसँग सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न अनुरोध पनि गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले जानकारी दिदैँ आफु छिट्टै काममा फर्किने बताउनु भएको छ ।
भारतमा पछिल्लो समय कोरोनाभाइरसका संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । यस अघि अभिनेता आमिर खानलगायत अन्य कलाकारहरु पनि कोरोना संक्रमित हुनु भएको छ ।
Actor Akshay Kumar says he has tested positive for COVID-19.
"I'm under home quarantine and have sought necessary medical care," he says. pic.twitter.com/coUapgAmNC
— ANI (@ANI) April 4, 2021