काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चुनौतीपछि पनि नेकपा माओवादी केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिन तयार देखिएको छैन । माओवादी केन्द्रका प्रवत्ता नारायणकाजी श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पार्टीले कुनै निर्णय नगरेको बताउनु भएको हो ।

उहाँले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय तत्काल हुने सम्भावना नरहेको पनि स्पष्ट पार्नुभयो । आज बस्ने भनिएको माओवादी केन्द्रको स्थायी कमिटि बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने चर्चा थियो ।

तर आधा नेताहरु उपत्यकाबाहिर भएको भन्दै बिहान ११ बजे बोलाइएको बैठक स्थगित भइसकेको छ । अन्तिम समयमा बैठक स्थगित हुनलाई चासोका साथ हेरिएको छ । माओवादी केन्द्रको अर्को बैठक कहिले बस्ने भन्ने टुंगो लाग्न सकेको छैन ।

सम्बन्धित खबरहरु