काठमाडौं । बाँके जिल्लाको नरैनापुर गाउँपालिकामा भिषण आगलागी भएको छ । त्यहाँको वडा नम्बर ४ खोदावा गाउँमा शनिवार दिउँसो आगलागि हुँदा करिब सय घर जलेर खरानी भएका हुन् ।

शनिवार दिउँसो करिब सवा ३ बजे लागेको आगोले नरैनापुर गाउपालिकाको वडा न ४ खोदावा गाउँका सय घर जलेर नष्ट हुनुका साथै दुई करोड बढीको जिन्सी तथा खाद्य सामाग्रीको क्षति भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले जानकारी दिनुभयो ।

हावाहुरीको मौसम भएको कारण स्थानीय एकजनाको घरमा नास्ता पकाउने क्रममा सल्किएको आगोले गाउँलाई खरानी बनाएको बताइएको छ ।

आगलागीबाट कुनै पनि मानवीय क्षति नभए पनि अन्य क्षति धेरै भएको हो । बाँकेका प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले नेपालगञ्जबाट आएका तीन वटा र एउटा नरैनापुरको गरेर चार वटा दमकल, प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको सहयोगले आगो नियन्त्रण भएको बताउनुभयो ।

गाउँपालिकामा दमकल रहेकोले तत्काल नै आगलागिस्थलमा दमकल पुगेको र अन्य तीनवटा दमकलले नेपालगञ्जबाट पुगेर आगलागि निययन्त्रणमा लिने प्रयास गरिरहेको नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बताउनुभयो ।

सम्बन्धित खबरहरु