काठमाडौं । चर्चित बलिउड अभिनेत्री क्याट्रिना क्याफ कोरोा संक्रमित भएकी छिन् । उनले इन्स्टाग्राममा एक स्टोरी सेयर गर्दै यसका बारे जानकारी दिएकी हुन् । अभिनेत्री क्याफले आफूलाई घरमा क्वारेन्टाइन गरेको जानकारी पनि दिएकी छिन् ।

क्याट्रिना कैफले इन्स्टाग्राम स्टोरीमा लेखेकी छिन्, ‘म कोभिड–१९ पोजेटिभ भएकी छु । मैले तुरुन्तै आफूलाई क्वारेन्टाइन पनि गरेकी छु । म मेरो डाक्टरको सल्लाहमा सबै सुरक्षा प्रोटोकलहरू अनुसरण गर्दैछु ।

जो कोही मसँग सम्पर्कमा आउँनु भएको थियो, तुरून्त परीक्षण गराउनुहोस् । प्रेम र सहयोगका लागि म तपाईहरु सबैलाई धन्यबाद दिन्छु । कृपया सुरक्षित हुनुहोस् र आफ्नो ख्याल राख्नुहोस् ।’

उनी भन्दा पहिले भर्खर अक्षय कुमार, विक्की कौशल र भूमि पण्डनेकर, आमिर खान जस्ता धेरै बलिउड कलाकारहरु पनि भाइरसको सिकार भएका छन् ।

सम्बन्धित खबरहरु