काठमाडौं । नेकपा ९माओवादी केन्द्र० का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारबाट नेकपा ९एमाले० बाहिरिएको छ ।

कर्णाली प्रदेशसभा संसदीय दलको बैठकको निर्णयअनुसार सरकारमा सहभागी तीन मन्त्रीले आज राजीनामा दिएसँगै औपचारिक रुपमा एमाले सरकारबाट बाहिरिएको हो । एमाले प्रदेशसभाको ठूलो दल हो ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला नेतृत्वमा सरकारमा सहभागी मन्त्रीले मुख्यमन्त्री शाहीलाई संयुक्त राजीनामा बुझाएका हुन् ।

सरकारमा मन्त्री ज्वालाका साथै सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढा सहभागी हुनुहुन्थ्यो । सात सदस्यीय कर्णाली प्रदेश सरकारमा अब मुख्यमन्त्रीसहित माओवादी केन्द्रका तीन मन्त्री रहेका छन् ।

भौतिक पूर्वाधार मन्त्री खड्गबहादुर खत्रीले राजीनामा दिएपछि झण्डै एक वर्षदेखि सो मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले नै संहाल्दै आउनुभएको छ । विसं २०७४ फागुन ३ गते तत्कालीन एमालेले माओवादी केन्द्रलाई प्रदेश सरकार गठनका लागि समर्थन गरेको थियो ।

यसअघि चैत ४ गते बसेको दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको थियो ।

यही चैत २२ गते बसेको दलको बैठकले २४ घण्टाभित्र राजीनामा दिएर दलको निर्णय कार्यान्वयनमा सहयोग गर्न पुनः मन्त्रीलाई निर्देशन दिएको थियो ।

मुख्यमन्त्री शाहीसमक्ष राजीनामा दिएलगत्तै आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्वालाले पार्टीभित्र मतभेद भएपनि पार्टी निर्णय कार्यान्वयन गर्नुको विकल्प नभएको बताउनुभयो ।

एमालेले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शाहीले आगामी वैशाख ५ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने बाध्यता छ । प्रदेश प्रमुखको कार्यालयले तोकिएको अवधिमै विश्वासको मत लिन मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराइसकेको छ ।

प्रदेशसभामा एमालेका सभामुखबाहेक १९, माओवादी केन्द्रका १२ ९एक जना निलम्बित०, नेपाली कांगे्रसका छ र राप्रपाका एक प्रदेशसभा सदस्य छन् ।

एमाले दलका नेता यामलाल कँडेलको अध्यक्षतामा आज बसेको बैठकले नयाँ सरकार गठनका अन्य दलसँग वार्ता एवं परामर्श गर्न नेता कँडेललाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

त्यस्तै, प्रमुख सचेतक गुलाबजङ्ग शाहको संयोजकत्वमा गठित विधान संशोधन कार्यदलले तयार पारेको मस्यौदालाई पारित गर्न पार्टी कमिटीसमक्ष पठाउने निर्णय गरेको छ ।

सम्बन्धित खबरहरु