काठमाडौं । जिल्लाको शुक्लागण्डकी नगरपालिकाले बाँदरले अन्नबाली खाएर सास्ती दिन थालेपछि बाँदर धपाउन नयाँ विधि अपनाएको छ । वन जङ्गलमा पर्याप्त आहारा नहुँदा कृषकले खेतबारीमा लगाएको अन्नबाली बाँदरबाट जोगाउन नसकेपछि पालिकाले नयाँ जुक्ति निकालेको हो ।

बाँदरले लगाएको खेती मात्रै नभई घरको कौशीमा राखेको अन्नबालीसमेत खाएर नोक्सान पु¥याउन थालेपछि शुक्लागण्डकी नगरपालिका–७ वडाले त्यस क्षेत्रका कृषकलाई अदुवा र बेसारको बीउ वितरण गरेको छ ।

दिनहुँ बाँदरको समस्याबाट देशभरका कृषक चिन्तित छन् । उक्त समस्या कम गर्दै उत्पादन बढाउन र कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यले अदुवा र बेसारको बीउ वितरण गरिएको वडाध्यक्ष रामबहादुर थापा क्षेत्रीले बताउनुभयो ।

कृषकलाई ३३५ किलो बेसार र ५० किलो अदुवाको बीउ वितरण गरिएको छ । उहाँले भन्नुभयो, “वडाको अर्चले र न्यारथुमका विपन्न ३५ कृषकलाई भने ५० प्रतिशत अनुदानमा बीउ वितरण गरिएको छ ।”

खेत बारीमा लगाएको खेतीबाली बाँदरले सखाप पार्ने भएकाले वैकल्पिक खेती गर्न बीउ वितरण गरिएको उहाँले बताउनुभयो । बेसार र अदुवा बाँदरले खाँदैन । उहाँले भन्नुभयो, “उत्पादन पनि राम्रो हुने भएकाले बीउ वितरण गरेका हौँ ।”

बाँदरले क्षति पु¥याउने खेतबारीमा अदुवा र बेसार खेती प्रभावकारी हुने देखिएकाले कृषकको माग अनुरूप बीउ वितरण गरिएको सो वडा कार्यालयले जनाएको छ । कृषकको आवश्यकता र मागअनुसार वितरण गरेको बताउँदै उहाँले भन्नुभयो, “कृषकको चासो देखाएर लाग्न आग्रह गरेका छौँ, बीउको उचित सदुपयोग भए÷नभएको समय समयमा अनुगमन गरिनेछ ।”

वडाले अनुदानमा बीउ उपलब्ध गराउँदा राहत मिलेको स्थानीय सोमबहादुर कुँवरले बताउनुभयो । मकै र कोदो लगाउँदा सबै बाँदरले खाएर घरमा भित्र्याउन नपाएको गुनासो पोख्दै अन्नबालीको अलवा अब अदुवा र बेसार उत्पादन गरेर मुनाफा लिने गरी खेती गर्ने योजना रहेको बताउनुभयो ।

ज्याला मजदूरी गरी खाने परिवारमा एकदुई जना मानिस त खेती कुर्नै पर्ने भएकोले वैकल्पीक खेतीको रुपमा अदुवार बेसार खेती उपयुक्त रहेको उहाँले बताउनुभयो । वडाले बाँदरबाट प्रभावित कृषकलाई राहत दिन चालु आर्थिक वर्षमा रु एक लाख बजेट विनियोजन गरेको थियो ।

शुक्लागण्डकी नगरपालिकाले लगाएको बालीनाली खाएर दुःख दिएको अन्य वडाको पहिचान गरी अदुवार र बेसारको बीउ वितरण गर्ने योजना रहेको बताइएको छ ।

सम्बन्धित खबरहरु