काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले महत्वपूर्ण सुचना प्रकाशित गरेको छ । त्रिविले भर्ना समूह २०७७ सालको त्रिवि रजिस्ट्रेसन सम्बन्धी सूचना प्रकाशित गरेको हो ।

सुचनामा भनिएको छ, ‘त्रि.वि. अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा शैक्षिक वर्ष २०७७–०७८ मा अध्ययन गर्ने सम्पूर्ण तहका विद्यार्थीहरूको त्रि.वि. रजिस्ट्रेसन गर्नुपर्ने भएको हुँदा तपसिल बमोजिम सबै क्याम्पस–कार्यालयहरूलाई त्रि.वि. रजिस्ट्रेसन फाराम भराउनका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

सम्बन्धित खबरहरु