काठमाडौं । पूर्वमाओवादी नेताहरुको सांसद पद गएको छ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका चार सांसदको पद गएको हो ।

सांसद पद गुमाउनेहरुमा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह र श्रममन्त्री गौरीशंकर चौधरी रहनु भएको छ ।

प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले चार सांसदले दल त्याग गरेकाले राजनीतिक दलसम्बन्धि ऐनअनुसार उहाँहरुलाई पदबाट हटाएको जानकारी गराउनु भएको हो ।

अहिलेको केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री समेत रहनु भएका उहाँहरुलाई हटाउन माओवादी केन्द्रले सूचना दिएको जानकारी संसद सचिवालयमा आएको कुरा सभामुख सापकोटाले जानकारी गराउनुभयो ।

उहाँहरुले मन्त्रीमै रहिरहनका लागि पुनः शपथ लिनुपर्ने कानुनी व्यस्था रहेको छ । संविधान अनुसार सांसद नभएको व्यक्ति ६ महिना मात्रै मन्त्री हुन पाउने व्यवस्था कायम गरिएको छ ।

अर्कोतिर ६ महिनाभन्दा बढी प्रतिनिधिसभाको कार्यकाल रहने अवस्थामा रिक्त सांसद पदका लागि उपनिर्वाचन हुने पनि संवैधानिक व्यवस्था छ ।

सम्बन्धित खबरहरु