काठमाडौं । एमाले प्रवेश गरेर सांसद पद गुमाएका मन्त्रीहरुले पुन्ः मन्त्री पदको शपथ लिने भएका छन् । अहिलेको केपी शर्मा ओली सरकारमा मन्त्री रहेका चार नेताले शुक्रबार (आज) फेरि मन्त्री पदको शपथ लिन लागेका हुन् ।
माओवादी केन्द्र छाडेर हालै एमाले प्रवेश गर्नुभएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले शथप लिन लाग्नु भएको हो । प्रधानमन्त्री ओलीले मन्त्री पदमा पुनःर्नियुक्तिको सिफारिस गर्नुभएको छ ।
उहाँको शपथ कार्यक्रम शुक्रबार साँझ ५ बजे तोकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । हालै एमाले केन्द्रीय सदस्यमा समेत मनोनीत हुनुभएका उहाँहरुलाई नेकपा माओवादी केन्द्रले दलबाट निकालेको थियो ।
राजनीतिक दलसम्बन्धी ऐनमा सांसदलाई निर्वाचित भएको दलले निश्कासन गरेपछि सांसद पनिबाट पदमुक्त हुने व्यवस्था रहेको छ । संविधानमा सांसद नरहेको व्यक्ति ६ महिनासम्म मन्त्री बन्न सक्ने व्यवस्था कायम गरिएको छ ।