काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३६७ जनामा कोभिड­१९ पुष्टि भएको छ । उक्त अवधिमा तीन हजार १२५ मा पिसीआर परीक्षण र ६९० मा एन्टिजेन परीक्षण भएको थियो ।

पिसीआर विधिबाट परीक्षण गरिएका ३०३ र एन्टिजेन परीक्षण गरिएका ६४ गरी ३६७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । त्यसमध्ये उपत्यकामा मात्रै १५४ मा सङ्क्रमण देखिएको छ ।

आज १४१ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । सङ्क्रमणबाट मुक्त हुने दर ९७ दशमलव ९ प्रतिशत छ । मुलुकभरि आइसोलेशनमा रहेका ८९ मध्ये १५ भेन्टिलेटरमा छन् ।

बिहीबारदेखि आजसम्म १४ हजार ७३४ पिसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । जसमा एक हजार २६० मा सङ्क्रमण पुष्टि भएको छ । उक्त अवधिमा ४९८ सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् ।

आज सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ९६१ छ । सङ्क्रमण बढ्दो क्रममा रहेकाले जनस्वास्थ्यका मापदण्ड पूर्ण प्रयोग गर्न अनुरोध गरिएको छ ।

सम्बन्धित खबरहरु