काठमाडौं । मस्तिष्कघात भएका वडाध्यक्षको निधन भएको छ । कीर्तिपुर नगरपालिका–७ का अध्यक्ष राजकुमार मालीको निधन भएको हो । उहाँको वयोधा अस्पतालमा उपचार गरिएको थियो ।

वडाध्यक्ष मालीको निधन भएको कीर्तिपुर नगरपालिकाकी उपमेयर सरस्वती खड्काले जानकारी दिनुभयो ।

मालीको लाश श्रद्धाञ्जलीका लागि कीर्तिपुर नगरपालिका कार्यालयको भवन अगाडि राखिएको जनाइएको छ ।

तपाईंलाई जानकारी गराउ कि माली नेकपा एमालेबाट गत २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार भई वडाध्यक्ष हुनु भएको थियो ।

सम्बन्धित खबरहरु