काठमाडौ । कोरोना संक्रमण बढेसँगै नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा रात्रिकालीन कर्फ्यु लगाउने निर्णय भएको छ । साथै सबै विद्यालयहरु बन्द गरिएको छ । उत्तर प्रदेश सरकारले ३० अप्रिलसम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।

कतिपय जिल्लाहरुमा रात्रिकालीन कर्फ्युसमेत लगाइएको छ । दिनहुँ एक सयजना नयाँ संक्रमित फेला परेका वा पाँच सय सक्रिय संक्रमित भएका जिल्लाहरुमा रात्रिकालीन कर्फ्यु जारी गरिएको त्यहाँ सञ्चार माध्यमहरुमा समाचार आइरहेको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लागु हुने जानकारी दिनुभयो । लखनउ, कानपुर, गोरखपुर, गौतमबुद्ध नगर, इलाहाबाद, मेरठ, गाजियावाद, बरेली र मुजफ्फरनगर जिल्लामा यसअघि नै रात्रिकालीन कर्फ्यु जारी गरिएको थियो । यसअघि आठ कक्षासम्मका कक्षाहरु ११ अप्रिलसम्मका लागि बन्द गराएको उत्तर प्रदेश सरकारले सोमबारबाट सबै स्कुलहरु ३० अप्रिलसम्म बन्द गर्ने निर्णय गरेको हो ।

सरकारले खुला स्थानमा हुने कार्यक्रमहरुमा एक सय जनाभन्दा धेरैलाई जम्मा हुन पनि रोक लगाएको छ । बन्द कोठाभित्र हुने कार्यक्रममा भने ५० जनाभन्दा धेरै उपस्थित हुन बन्देज लगाइएको छ ।

 

सम्बन्धित खबरहरु