काठमाडौं । चर्चित पत्रकार ऋषि धमलामाथि गम्भीर आरोप लागेको छ । उहाँमाथि सिंहदरबारभित्र मन्त्रीदेखि कर्मचारीसम्मलाई चन्दा मागेर हैरान पारेको खबर बाहिर आएको हो ।

धमलाले वन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेबाट १० लाख रुपैयाँ सहयोग हात पारेको खबर मन्त्रालयमा व्यापक चर्चाको विषय बनेको छ । उहाँले ‘प्रधानमन्त्रीको छेउमै राख्छु विशेष अतिथि बनाउँछु’ चन्दा लिनु भएको हो ।

१७ चैत्र २०७७ मा ऋषि धमला अध्यक्ष रहेको रिपोर्टस क्लब नेपालको २३ औँ वार्षिकोत्सवको खर्च स्वरुप धमलाले अन्य मन्त्रीहरुबाट पनि रकम लिएको खुल्न आएको छ । विशेष श्रोतका अनुसार धमलाले उद्योगमन्त्री लेखराज भट्टबाट पनि ५ लाख रुपैयाँ लिनु भएको थियो ।

सुदुरपश्चिमबाट दुई जना दिलदार नेता मन्त्री भएकोमा सबैभन्दा बढि फाइदा धमलालाई भएको सम्बन्धित मन्त्रालयका कर्मचारीहरु दावा गर्छन । पत्रकार धमलालाई सुदुरपश्चिम र मधेसी नेताहरुले मात्रै महत्व दिने गरेको पनि धेरैको बुझाई रहेको छ ।

सुदुरपश्चिमका अर्का मन्त्री गणेश ठगुन्नाले पनि २ लाख रुपैयाँ दिएको कुरा पनि मन्त्रालयमा चर्चाको विषय बनेको छ । मन्त्री आलेले धमलालाई पहिले पनि आर्थिक सहयोग दिदैँ आउँनु भएको थियो ।

बाहिर चर्चा भए अनुसार धमलाले ५–१० लाख रुपैयाँ रकम सहयोग दिनेहरुलाई विशेष अतिथि बनाउनेदेखि प्रधानमन्त्रीको छेउमा बस्ने व्यवस्था मिलाउनेसम्मका लोभ देखाउने गरेको पनि धेरैको दाबी रहेको छ ।

सुदुरपश्चिम बाहेकका अन्य मन्त्रीहरुकोमा धमला विरलै मात्रै जाने गर्नुहुन्छ । सिंहदरबार श्रोतका अनुसार धमलाको रोजाइको मन्त्रालयमा वन तथा वातावरण पहिलो र उद्योग वाणिज्य तथा आपूर्ति दोस्रो स्थानमा रहेको छ ।

रिपोर्टस क्लबको वार्षिकोत्सवमा मन्त्री, नेता व्यावसायी, ठेकेदारबाट २ करोड रुपैयाँ चन्दा संकलन गरेको बताइन्छ । यस विषयमा धमला स्वयंमले भने मुख खोल्नुभएको छैन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु