काठमाडौं । पाकिस्तानको खैबर पख्तूनख्वा प्रदेश सरकारले गत वर्ष डिसेम्बरमा भत्काइएको हिन्दू मन्दिरको पुनःर्निर्माणका लागि ५ करोड ५५ लाख भन्दा धेरै रकम जुटाएको छ । गत डिसेम्बरमा केही स्थानीय मौलाना र कट्टरपन्थी इस्लामिक पार्टी उलेमा–ए–इस्लामीका सदस्यहरूको नेतृत्वमा भएको भीडले मन्दिर भत्काएको थियो ।

प्रदेश सरकारले श्री परमहंस महाराजको समाधिको पुनःर्निर्माणका लागि अकाफ विभागलाई उक्त रकम उपलब्ध गराउने भएको हो । गत वर्ष ३० डिसेम्बरमा खैबर पख्तूनख्वाको कार्कर जिल्लाको टेरी गाउँमा श्री परमहंस जी महाराजको समाधिस्थल भत्काइएको थियो ।

शताब्दीयौं पुरानो मन्दिर र नजिकैको समाधिमा भएको घटनालाई मानवअधिकारकर्मी र अल्पसंख्यक हिन्दू समुदायका नेताहरूले कडा आलोचना पनि गरेका थिए । त्यसपछि सर्वोच्च अदालतले यसको पुनःर्निर्माणको आदेश दिएको हो ।

अदालतले प्रदेश सरकारलाई मन्दिरको निर्माण कार्य जतिसक्दो चाँडो सम्पन्न गर्न निर्देशन दिएको छ । खैबर पख्तूनख्वाका हिन्दू समुदायले मन्दिर भत्काउने भीडलाई गत महिना माफ गर्ने निर्णय गरेका थिए ।

संयुक्त राष्ट्र संघले फेब्रुअरीमा एक प्रस्ताव पारित गरी संसारमा त्यस्ता धार्मिक स्थानहरुलाई लक्षित गर्ने, नष्ट पार्ने, क्षति पुर्‍याउने वा खतरामा पार्ने जस्ता सबै कार्यहरुको निन्दा गरेको थियो । उक्त प्रस्तावले धार्मिक स्थानलाई जबरजस्ती अर्कै धर्मको पूजास्थलमा रूपान्तरण गर्ने कुनै पनि खालको कदमको निन्दा गरेको छ ।

उक्त प्रस्तावका सह प्रायोजकहरूमध्ये पाकिस्तान र २१ अन्य देशहरू पनि रहेका छन् । भारतले प्रस्तावमा आफ्नो अडान बयान गर्दै पाकिस्तानको शहरको मन्दिरमा भएको घटना, सिख गुरुद्वारमा भएको घटना र अफगानिस्तानमा बुद्धको मूर्तिमाथि भएको घटना उजागर गरेको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

हीरा प्रयोग गर्न नजाने वैवाहिक जीवनलाई पार्नेछ असर, जान्नुहोस् ज्योतिषिय महत्व

सम्बन्धित खबरहरु