चन्द्रनिगाहापुर। भारतमा कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै सीमा नाकामा स्वदेश फर्किनेहरुको चाप ह्वात्तै बढेको छ । भारतमा कोरोनाको दोसो लहर चलिरहँदा त्यहाँ रहेका नेपालीहरु रातारात घर फर्किन थालेका हुन् ।

रौतहटको सीमा क्षेत्र भएर प्रत्येक दिन सयौंको संख्यामा नेपालीहरु भित्रिरहेका छन् । रोजगारीका लागि भारतका विभिन्न शहरमा गएका उनीहरु कोरोना संक्रमण बढेसँगै घर फर्किएका हुन् ।

सीमा क्षेत्रमा नेपाल भित्रिनेहरुको चाप बढिरहे पनि तथ्यांक राख्ने तथा चेकचाँज गर्ने कुनै व्यवस्था गरिएको छैन । भारतीय शहरहरुमा लकडाउन हुन थालेपछि घर फर्कन चाहने विदेशीहरुको लागि मुम्बई लगायतका केही शहरबाट हाल निःशुल्क रेल सुविधा प्रदान गरिएको छ ।

लकडाउनमा परदेशमा घेरिनुभन्दा निःशुल्क रेल सुविधा पाएको बेला घर फर्किनेहरुले गर्दा सीमा क्षेत्रमा चाप बढेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

‘भारतबाट फर्कनेहरुलाई गौर र बंकुल नाकाबाट मात्रै प्रवेश दिने व्यवस्था गरिएको छ,’ उहाँले भन्नुभयो, ‘जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकबाटै नाकामा चेकजाँच, अभिलेखिकरण र परीक्षणको निर्णय भएको छ ।’

भारतसँगको खुल्ला नाकाका कारण स्थानीयहरु अन्य बाटो भएर प्रवेश गर्न सक्ने भएकोले सुरक्षा निकायलाई निगरानी बढाउन निर्देशन दिएको पनि प्रमुख जिल्ला अधिकारी यादवले स्पष्ट पार्नुभयो ।

जिल्लामा पीसीआर ल्याब सञ्चालनमा रहेको तथा सबै पालिकाहरुलाई क्वारेन्टिनको व्यवस्थापन गर्न पत्राचार गरिएको छ । रौतहटको धरहरीमा रहेको आइसोलेसनलाई पुनः सञ्चालन गर्ने तयारी भइरहेको छ । तर रातारात धेरै संख्यामा मानिसहरु आइसकेकाले समस्या उत्पन्न हुने हो की भन्ने चिन्ता बढेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.janaboli.com/post/330395

https://www.janaboli.com/post/330401

सम्बन्धित खबरहरु