काठमाडौं । धेरैलाई बसमा यात्रा गर्दा बान्ता हुने खालको गम्भीर समस्या हुन्छ । गाडीमा सवार हुँदा बान्ता हुने भएमा प्लास्टिक दिने गरिन्छ । तर कतिपय मानिसहरु बान्ता हुने समस्या भएमा गाडीको झ्यालमा बस्न रुचाउछन् । तर यो आफैंमा राम्रो बानी होईन । यसले प्रायः नसोचेको नतिजा दिन सक्छ ।

भनिन्छ कि गुडिरहेको बसबाट हात र टाउको बाहिर निकाल्नु हुँदैन । किनकि यसो गर्नु खतरनाक हुन सक्छ । चेतावनीपछि पनि धेरै पटक मानिसहरू बेवास्ता गर्छन । यस्तै एउटा पीडादायी घटना भारत, मध्य प्रदेशको खण्डवामा देखिएको छ । त्यहाँ लापरवाहीका कारण एक १३ वर्षीया तमन्नाको ज्यान गएको छ ।

जानकारी अनुसार बालिकाले बसमा यात्रा गर्दा अचानक बान्ता गर्न थालिन् । त्यसबीचमा उनले बसको झ्यालबाट टाउको बाहिर निकालेर बान्ता गरिरहेकी थिइन् । सोही क्रममा अगाडिबाट आउँदै गरेको ट्रकले टाउको छुट्याईदियो हो ।

दुर्घटना यति डरलाग्दो थियो कि बच्चाको टाउकोको माथिल्लो भाग च्वाट्टै अलग भएको थियो । १३ वर्षीया तमन्नाको घटनास्थलमै मृत्यु भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । प्रहरीका अनुसार दुर्घटना मंगलबार बिहान इन्दौर–इच्छापुर राजमार्गको रोशिया फाटमा भएको हो । जानकारी अनुसार तमन्ना खण्डवाकी बासिन्दा थिइन ।

सीमा अड्डा प्रहरीले उनकी आमा रुखसाना र दिदी हीना पनि तमन्नाको साथ बसमा सवार रहेका थिए । तीनै जना आफन्तहरू भेट्न इन्दौर जाँदै थिए । उनीहरुले तमन्नले बसको झ्यालबाट टाउको बाहिर निकाल्दा नै उनको मृत्यु भएको जनाएका छन् । प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएर चालक खोजिरहेको छ । ट्रक इन्दौरबाट आउँदै थियो । लाश परीक्षणपछि परिवारलाई जिम्मा लगाइएको छ ।

जानकारहरुका अनुसार यो दर्दनाक घटना एक शिक्षा पनि हो । विशेष गरी यात्राको क्रममा यस्तो लापरवाहीबाट बच्नुपर्दछ । यदि बच्चाहरू सँगै छन् भने ठुलाबडाहरुले उनीहरूमाथि विशेष ध्यान दिन आवश्यक छ । उनीहरुले कहिले पनि हात, टाउको र खुट्टा बाहिर निकाल्न सक्छन् । बच्चासहित बसमा सवार हुँदा हाइसञ्चो गर्न नुहने धेरैको सुझाव रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

मसाज सेन्टर भित्र ५ सय देखि एक हजारमा युवती

अझै मेलम्चीको पानी वितरण भएन

सम्बन्धित खबरहरु