काठमाडौ । काठमाडौमा व्यवसाय गर्ने तुलसीराम कँडेल एक्कासी बेहास भए । उनलाई तत्कालै काठमाडौको हेम्स अस्पताल पुर्याईयो । डाक्टरले हतार–हतार भेन्टिलेटरमा राखे ।

केही समयपछि उहाँलाई बचाउन त सकिन्न सास चलिरहेका कारण एक दिन भेन्टिलेटरमा राखिराख्ने की भनेर डाक्टरले आफन्तसँग सल्लाह गरे । आश नरहेपनि केही समय भेन्टिलेटरमै राख्न परिवारले सुझाव दिए । उनी बेहोस हुनुको कारण कडा खालको निमोनिया थियो ।

केही दिनदेखि हल्का ज्वरो आएको थियो । खानामा रुची घटेको थियो । यो कोरोना भाइरस (कोभिड–१९) को लक्षण हो भनेर डाक्टरले कोरोना परीक्षण गराए ।

बचाउन नसकिने निश्कर्षमा आइपुग्दा कोरोना परीक्षणको रिपोर्ट आइसकेको थियो । रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो । उनको मृत्युको कारण कोरोना भाइरस नै रहेको डाक्टरको अन्तिम निश्कर्ष छ । नयाँ प्रजातिको भाइरस अलिक कडा भएको चिकित्सकहरुको बुझाई छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

हीरा प्रयोग गर्न नजाने वैवाहिक जीवनलाई पार्नेछ असर, जान्नुहोस् ज्योतिषिय महत्व

नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस

सम्बन्धित खबरहरु