काठमाडौं । सम्बन्धविच्छेद गर्ने कारणहरु पनि अनेक हुन्छन् । भारत, उत्तर प्रदेशको गाजियाबादमा एक अनौठो घटना देखिएको छ । त्यहाँको लोनीमा श्रीमतीले चिया नबनाएपछि श्रीमानले सम्बन्धविच्छेद गरेको खुल्न आएको छ । पीडितले अधिवक्ता अंकित मार्फत अदालतमा निवेदन दिएकी छिन् ।

अधिवक्ताले भने कि लोनीमा बस्ने शबनमको १० वर्ष अगाडि रिसुद्दीनसँग विवाह भएको थियो । उनीहरूका ४ बच्चाहरू छन् । रईसुद्दीनले गाडी चलाउँने काम गर्छन् । गत १३ जनवरीमा उनले श्रीमतीलाई सदाझैं चिया बनाउन अनुरोध गरेका थिए । तर शबनमले चिया बनाइनन् ।

यस विषयमा रिसुद्दीन र शबनमबीच सामान्य विवाद भयो । यो देखेर रिसुद्दीन तीन तलाक बोलेर अटो लिएर घरबाट निस्केका हुन् । साँझ घर फर्कंदा शबनमले सुद्दीनलाई धेरै कुरा बुझाउन खोजिन् ।

तर उनी राजी भएनन् र उनलाई घरबाट बाहिर निकाले । लोनी प्रहरीले उजुरीमा कारबाही गरेन भन्ने आरोप पनि लगाइएको छ । त्यसपछि उनी अदालत पुगेकी हुन् ।

तपाईंलाई जानकारी गराउ कि मुस्लिम समुदायमा सम्बन्धविच्छेद गर्दा तीन पटक तलाक, तलाक, तलाक भन्ने गरिन्छ । तर भारतमा यसलाई एक अपराधका रुपमा लिने गरिएको छ । भारतमा यसरी गरिएको सम्बन्धविच्छेद मान्य हुँदैन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु