काठमाडौं । राजनीतिमा ग्ल्यामर खासै देख्न पाइदैँन् । महिलाहरु अहिले पनि चुलोचौकोमा नै व्यस्त हुने हुँदा राजनीतिमा महिलाहरुको सहभागिता एकदम कम छ । तर पछिल्लो समय विस्तारै राजनीतिसहितका क्षेत्रहरुमा महिलाहरुको सहभागिता बढ्न थालेको छ ।

महिलाहरुको राजनीति रुचीसँगै ग्ल्यामर पनि देखा पर्न थालेको छ । आज हामी त्यस्तौ एक भारतीय मोडलका बारेमा चर्चा गर्न गइरहेका छौँ । लोकसभा चुनावमा बलिउड कलाकारहरु आउँने गर्छन ।

तर यसपटक जिल्ला पञ्चायत चुनावमा मिस इण्डिया–२०१५ की रनर अप (उप विजेता) मोडेल एवं बलिउड अभिनेत्री दीक्षा सिंह अगाडि आएकी छिन् । उनी गाउँमा मतदातासँग भोट मागिरहेका छिन् ।

फेमिना मिस इन्डिया–२०१५ कि रनर अप मोडल दीक्षा सिंहले उत्तर प्रदेशको जौनपुर जिल्लाको वडा नम्बर २६ (बक्सा) क्षेत्रबाट जिल्ला पञ्चायत सदस्यको लागि चुनाव लड्ने निधो गरेकी हुन् ।

जौनपुर जिल्लाको बक्सा क्षेत्रको चित्तौरी गाउँका बासिन्दामेत रहेकी दीक्षा सिंहले शुक्रबार एउटा होटलमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी दिएकी हुन् । उनले गाउँमा कक्षा तीनसम्म आफुले पढेको कुरा याद गरिन् । त्यसपछि उनी आफ्नो बुबासँगै राम्रो शिक्षाका लागि मुम्बई गइन् ।

मुम्बईको पढाई सक्काएपछि उनी गाउँ नगई गोवा बसाईबसाई गरिन् । दीक्षाले भनिन, ‘म कलेजदेखि प्रतियोगिता र राजनीतिक बहसहरूमा भाग लिन्छु । समय–समयमा गाउँमा पनि आइरहेँ ।

गाउँमा आउँदा मैले देखे कि जौनपुर जिल्ला अझै विकासबाट धेरै टाढा छ, त्यसैले म पञ्चायत चुनावमा केही परिवर्तन गर्ने विचारसहित आएकी छु ।’ दीक्षा फेमिना मिस इन्डिया–२०१५ भाग लिदैँ गर्दा बीए दोस्रो वर्षको बिद्यार्थी थिइन । उनका बुबा जितेन्द्र सिंहको गोवा र राजस्थानमा व्यवसाय छ ।

फेब्रुअरी २०२१ मा, दीक्षाको एल्बम ‘रब्बा मेहर करे’ ले धेरै सफलता चुम्यो । उनले बलिउडको ‘इश्क तेरा’ फिल्ममा लेखन पनि गरेकी थिइन् । यस बाहेक उसले धेरै ठूला उत्पादनको विज्ञापनमा काम पनि गरेकी छिन् । उनको एक वेब श्रृंखला पनि चाँडै आउँदैछ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु