काठमाडौं । नेपालको छिमेकी मुलुक चीनमा विवाहसम्बन्धी एक अनौठो घटना घटेको छ । विवाहको बखत एउटा अनौंठो घटना देखिएको हो । जब दुलाह र दुलहीको विवाह भइरहेको थियो, तब दुलाहकी आमाको आँखा उनको भावी बुहारीतर्फ गयो । जब उनले आफ्नी हुनेवाली बुहारी देखिन् तब उनी हैरान भइन् । उनी एकदम रोईरहेकी थिईन् । जानकारी अनुसार वास्तवमा दुलहा र दुलही नातामा दाजुबहिनी पर्ने रहेछन् ।

समाचार अनुसार ति महिलाकी छोरी बाल्यकालमा हराएकी थिइन् । दुलही बनेकी छोरीको हातमा जन्‍मजात देखिएको एक चिह्न थियो । त्यो देखेर उनकी आमाले उनलाई चिनिन् ।

घटना चीनको जिआनग्‍सू प्रान्तको सोझोउको हो । उनीहरुको विवाह ३१ मार्चमा भयो । चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार दुलहीको हातमा बनेको चिन्ह देखेर आमाले उनका हालका आमाबाबुबारे प्रश्न गरिन् । यो पत्ता लाग्यो कि २० बर्ष अघि दुलहीका वर्तमान आमा बुबाले उनलाई अपनाएका थिए र अहिलेसम्म यो गोप्य नै रहेको छ ।

दुलहीका हालका अभिभावकहरूले उनलाई सडक छेउमा धेरै समय अघि फेला पारेका हुन् । उनका धर्मआमाबाबुले बताए कि त्यसपछि उनीसँगै थिइन् । यो खुलासा पछि, दुलही विवाहको बारेमा धेरै खुसी देखिइन् । आफुलाई जन्मदिने आमाबाबुको बारेमा बढी जान्न उत्साहित भइन् । दुलहीले उक्त अवसरलाई विवाहको दिनमा मिलेको खुशीको रुपमा लिइन् । यद्यपि, विवाहमा नयाँ मोड तब आयो जब उक्त विवाहमा प्रतिबन्ध लगाइएन् ।

यो भनिएको छ कि दुलाहलाई उनले जन्म दिएकी होईनन् । आफुले धर्मपुत्र मानेको युवकसँग छोरीको विवाह गर्नलाई दुलहीको आमालाई कुनै आपत्ति थिएन । स्थानीय मिडियाका अनुसार २० बर्ष अघि जब दुलहीकी आमाले आफ्नी छोरी हराइन्, तब उनले धर्मछोराका रुपमा अर्को बच्चा घर ल्याइन् ।

अब उनको वास्तविक छोरीको धर्मपुत्रसँग बिहे भएको छ । दुलहीकी वास्तविक आमाले बताइन् कि उनले धेरै वर्षदेखि आफ्नी छोरीलाई खोजिरहेकी थिइन् । तर उनलाई भेट्न सम्भव भइरहेको थिएन् । यस विवाहमा आएका पाहुनाहरूले दोब्बर खुःशी पाएको भन्दै आमा छोरीलाई बधाई पनि दिएका छन् ।

 

सम्बन्धित खबरहरु