काठमाडौं । सामाजिक सञ्जाल अहिले हाम्रो जीवनको एक अंगजस्तै भएको छ । विश्वमा हरेक दिन इन्टरनेटको पहुँचमा पुग्नेहरुको संख्या बढ्दैछ । दैनिक मानिसहरू सामाजिक सञ्जालमा असंख्य भिडियोहरू साझा गर्छन् । उनीहरुमध्य धेरैको इच्छा हुन्छ कि उसको भिडियो केहि समयमा नै भाइरल होस् । भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा रातारात एक स्टार बन्ने सपना धेरैले देखेका हुन्छन् । तर यो धेरै थोरै मानिसका लागि सम्भव हुन्छ ।

आज हामी तपाईंलाई केहि त्यस्ता भाग्यमानी व्यक्तिहरूको बारेमा बताउनेछौं जसले उनीहरूको भिडियोको सहयोगमा सामाजिक सञ्जालमा चर्चा बटुल्न सफल भएका छन् । एक भाइरल भिडियोको कारण उनीहरुमध्य धेरैको करियर पनि सुन्दर भएको छ । आउँनुहोस् १० व्यक्ति जसको भाइरल भिडियोले उनीहरूलाई सामाजिक सञ्जालमा स्टार बनायो ।

१, दाना नीर मोबिन
पाकिस्तानी दाना नीर मोबिन ‘पावरी गर्ल’ को नामले चर्चामा छिन् । १९ वर्षीया मोबिनको भिडियो इन्टरनेटमा भाइरल भयो । उनी अब ब्ल्गर बनेकी छिन् । भिडियो भाइरल भएपछि उनको इन्स्टाग्राममा झण्डै १५ लाख अनुयायीहरू छन् । उनले पाकिस्तानी भएर पनि अंग्रेजी भाषालाई धेरै महत्व दिनेहरुलाई लक्षित गरेर उक्त भिडियो बनाएकी थिइन् ।

२, कान्ता प्रसाद बाबा
तपाईंले ‘बाबाको ढाबा’ को भिडियो देऋनु भएको हुनुपर्छ । बाबाको भिडियो दिल्लीबाट भाइरल भयो । यो फूड ब्लगर गौरव वासन द्वारा लिइएको हो । यसमा उनी कोठामा भएको दर्दनाक कुरा गरिरहेको बेला रुँदै थिए । उनको यो भिडियोपछि, धेरै मानिसहरूले उसलाई आर्थिक सहयोग गरे । उनको आँखा शल्यक्रिया भयो, अहिले उनी आफ्नो नयाँ रेस्टुरेन्ट खोलेर बसेका छन् ।

३, रानु मण्डल
पश्चिम बंगालको रानाघाट रेलवे स्टेशनमा राणु मण्डल लता मंगेशकरको गीत गाउँदै थिइन् । उनको उक्त भिडियो इन्टरनेटमा भाइरल भयो । उनको प्रतिभा देखेर चर्चित बलिउड गायक हिमेश रेशमियाले उनलाई आफूसँगै गाउन प्रस्ताव गरेका थिए । तर अहिले उनी कला भन्दा पनि आफ्नै खराब व्यवहारका कारण चर्चामा रहने गरेकी छिन् ।

४, अरशद खान
उनी पाकिस्तानी चिया बिक्रेता हुन् । उनको फोटो फोटोग्राफरले सामाजिक सञ्जालमा सेयर गरेपछि उनी भाइरल भएका हुन् । उनको भिडियो होईन फोटो चाँही भाइरल भएको थियो । त्यसपछि उनीसँग मोडलिङ्ग एजेन्सीले सम्पर्क गर्यो । अर्शद खान चर्चित मोडल बन्न सफल भएका छन् । तर अहिले पनि अर्शद खानले पाकिस्तानका विभिन्न शहरहरुमा चियाको पसल खोजेर व्यवसाय चलाइरहेका छन् ।

५, यशराज मुखाटे
संगीत निर्माता यशराज मुखाटे भान्छा ९रसौडे० मा को थियो भनेर बनाएको एक भिडियोका कारण चर्चामा आउँन सफल भएका हुन् । यस पछि, उनले धेरै मिक्स भिडियोहरू बनाएर भाइरल बनाइसकेका छन् । उनले युट्यबमा आफ्नो परिचय बनाउन सफल भएका छन् । उनले चलचित्रहरुका लागि पनि काम गर्न थालेका छन् ।

६, धिनचक पूजा
धिनाचक पूजाका गीतहरू आईपुग्ने बित्तिकै इन्टरनेटमा यसका बारे चर्चा सुरु हुन्छ । उनको पहिलो गीत ‘सेल्फी मेन ले ली आज’ भाइरल भयो । उनी अब सामाजिक सञ्जालमा एक सनसनी भएकी छिन् । यति मात्र होइन, उनले ‘बिग बोस’ र ‘मनोरन्जन की राज’ जस्ता टिभी कार्यक्रमहरूमा पनि काम गरिसकेकी छिन् ।

७, रोजी खान
उनी एक पाकिस्तानी वेटर हुन्, जो ठ्याक्कै गेम अफ थ्रोन्सका टायरियन ल्यानिस्टरजस्ता देखिन्छन् । उसको फोटोलाई रेस्टुरेन्ट मालिकको छोरोले फेसबुकमा शेयर गरेका थिए । त्यसपछि उनी चर्चित भएका हुन् । उनलाई धेरै विज्ञापनहरूमा पनि फिचर गरिएको छ ।

८, विपिन साहू
विपिन साहूको २०१९ मा प्याराग्लाइडिङ्ग गरेको एक भिडियो भाइरल भयो । त्यसमा, उनी प्याराग्लाइडिङ्ग गर्न आएको भन्दै आफुले आफैंलाई सराप्छन् । व्यवसाय पनि गर्दै आएका उनले सामाजिक सञ्जालमा धेरै प्रसिद्ध हुने मौका पाए । उनका सामाजिक सञ्जालहरुमा लाखौं अनुयायीहरु पनि रहेका छन् ।

९, शाहिद अल्वी
‘हे भाई भाई भाई’ यदि तपाईंले यो मिम साथीहरूसँग साझा गर्नु भएन भने, तब तपाईंको मिमबारे जानकारी अलि कम छ भन्ने बुझ्न सकिन्छ । यसको निर्माता शाहिद अल्वी हुन् । यस भिडियोको आगमन पछि, उनी एआईबीको एक गीत ‘पीके मट चला’ मा पनि देखिएका थिए । उनलाई नगरपालिका केटो भनेर पनि चिन्ने गरिन्छ ।

१०, सोमवती महावर
‘हेल्लो दोस्तो चाय पिलो ।’ सबैजना २०१८ मा यो कुरा भन्थे । यो वाक्य उनै सोमवती महावर द्वारा हिट गराइएको हो । उनले सामाजिक सञ्जाल भिगो एपमार्फत धेरै भिडियोहरू सेयर गर्थिन् । उनी पछि सफल प्रभावकारी भइन् । उनको रमाइलो अन्दाजले धेरैलाई हसाउन सकेको थियो ।

११, कुसुम श्रेष्ठ
कुसुम श्रेष्ठलाई तरकारीवालीका नामले चर्चा मिल्यो । नेपाली युवती तरकारी बोकेको तस्विर विश्वभर रातारात भाइरल भएको थियो । भाइरल भएपछि उनले चलचित्र क्षेत्रमा प्रवेश गर्न खोजिन् तर उनले सोचेजस्तो सफलता मिल्न सकेन् । तरकारीवालीको रुपमा भाइरल श्रेष्ठ अभिनित पहिलो म्युजिक भिडियो ‘कान्छा कान्छी’ थियो ।

सम्बन्धित खबरहरु