काठमाडौ । नायिका शिल्पा पोखरेल भोजपुरी नायकसँग लागेको भन्दै कार्यक्रम बनाएका आफूलाई चलचित्र पत्रकार बताउने प्रकाश सुवेदीले उक्त काम कसको निर्देशनमा गरेका थिए भन्ने प्रश्न अहिले चौतर्फी रुपमा उठेको छ । आफूलाई मन नपरेका र आफूले भनेको नमान्ने कलाकारलाई नराम्रा शब्द प्रयोग गरेर उनी टिभी कार्यक्रम बनाउने गर्छन् ।

यसै सन्दर्भमा पछिल्लो पटक उनले शिल्पा पोखरेलको बारेमा यस्तै एक कार्यक्रम बनाएका थिए । केही समय अघि नायिका शिल्पा पोखरेलले उनका श्रीमान छवि ओझाका विषयमा दिएको अभिब्यक्ति सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो।

धेरैले उनको जस्तै क्यारीकेचर गरेर टिकटक भिडियो बनाए । शिल्पा छविको चौथो श्रीमती हुन् । उनीहरुबीच ४ वटा मु द्दा चलिरहेका छन् । अधिवक्ता स्वागत नेपालले सो विषय हेरिरहेका छन् । सो मु द्दा को वकालत स्वागत नेपालले गरेका छन् ।

शिल्पा पोखरेलका बिषयमा नायिका करिश्मा मानन्धरले मुख खोलेकी छिन् । उनी भन्छिन्, ‘कोहि मनिस सर्वगुणसम्पन्न छैन, सबैमा केही न केही कमजोरी हुन्छ । हरेक व्यक्ति आफ्नो जिवनमा आएको समस्यासंग आफै जुधिरहेको हुन्छ ।

ती समस्या उसले चाहेर मात्रै भयेको हुदैन । कलाकार भएको नाताले अन्य क्षेत्रको भन्दा कलाकारको निजि जिवनको बारेमा बढी नै टीका टिप्पणी हुन्छ ,केही हद सम्म सहनु पनि पर्छ ।

सम्बन्धित खबरहरु