काठमाडौ । हास्य अभिनेता सुलेमान शँकर (इकु)ले काठमाडौंको मुलपानीमा सञ्चालन गरेको स्नेह आश्रममा आश्रित १४ जना बालबालिकासँग गायिका सरिता भारतीले आफ्नो जन्मदिन मनाएकी छिन् ।

उनले आईतबार आफ्नो जन्म दिन मुलपानीमा रहेको इकुको बाल आश्रम, गोकर्णमा रहेको सँयुक्त अपाँग केन्द्रका बालबालिकासँग मनाएकी छिन् । यी दुबै आश्रममा रहेका बालबालिकालाई खाना खुवाएर उनीहरुसँग गीत गाउँदै नाच्दै रमाईलो गरेर गायिका सरिताले आफ्नो जन्म दिन मनाएकी हुन् ।


गायिका सरिताले बिगत चार वर्षदेखि काठमाडौंको किर्तिपुर स्थित मायाघर, एचआईभी सँक्रमित बालबालिका आश्रमका बालबालिकासँग आफ्नो जन्मदिन मनाएकी थिईन् । आईतबार भने उनले स्नेह आश्रमका १४ जना बालबालिका र सँयुक्त अपाँग केन्द्रका ४५ जना बालबालिकासँग आफ्नो जन्म दिन मनाएकी हुन् ।

यी दुबै आश्रमका बालबालिकालाई खाना खुवाउँदै उनले आर्थिक सहयोग पनि गरेकी छिन् । दुबै आश्रमका बालबालिकालाई उनले आफ्ना केही गीतहरु पनि सुनाईन् । त्यहाँ रहेका बालबालिकाहरुले पनि गायिका सरितासँग विभिन्न गीतहरु प्रस्तुत गरेर रमाईलो गरे ।


कोरोना सँक्रमण र लकडाउनका कारण आश्रम चलाउन गाह्रो परेको बेला गायिका सारिताले एक दिन खाना खुवाएर आर्थिक सहयोग गर्दा आफुलाई केही राहत भएको हास्य अभिनेता शुलेमान शँकर (इकु)ले बताए ।

यस्तै सँयुक्त अपाँग केन्द्रका सञ्चालक तिलबहादुर कार्कीले पनि सरितालाई जन्मदिनको बधाई ज्ञापन गर्दै बालबालिकाहरुलाई खाना खुवाएर आफ्नो जन्मदिन मनाएकोमा खुसी व्यक्त गरे । यसैगरी आरुलाई पनि आफ्नो जन्मदिन त्यहाँका बालबालिकासँग मनाउन उनले अनुरोध गरे ।

जन्म दिनको पार्टीमा हुने अनाबस्यक फजुल खर्च काटेर आफुले हरेक वर्ष यसरी नै अनाथ बालबालिकाहरुसँग जन्मदिन मनाउने गरेको गायिका सरिता भारतीले बताईन् ।

 

सम्बन्धित खबरहरु