आजको राशिफल – Aajako Rashifal
२०७७ चैत ३१ गते, मंगलवार, १३ अप्रिल २०२१। चैत्र शुक्लपक्ष, प्रतिपदा तिथि (९ः१७ बजेदेखि द्वितीया)। अश्विनी नक्षत्र (१३ः३१ बजेदेखि भरणी)। चन्द्रराशि– मेष।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज पुनर्मिलनको योग रहेको छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ । नयाँ बर्षको आगमनसँगै सफलताको ढोका खोलिएको देखिन्छ । मेहनत अझ गर्नुहोस् ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आज सरकारी निकायको भय रहला । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ, तर साथीको साथ पनि पाइनेछ । उल्लासमय जीवन हुनेछ । घाम ढलेपछि अलिक सचेत रहनुहो ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । प्रेम जीवन सुखमय हुनेछ । नयाँ प्रेमको थालनी हुनेछ । बिबाहको योग छ । दाम्पत्य जीवनमा खुशी छाउनेछ ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योग पनि छ । धर्म कर्ममा मन जानले मनमा शान्ति होला । पारिवारीक खुशी मिल्नेछ । सन्तान सुखको योग छ ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अधुरो काम पूरा हुनेछ । पुनर्मिलनको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग पनि मिल्नेछ । घरपरिवारमा सुख शान्ति मिल्नेछ । प्रेमी प्रेमिकाको मिलनको योग छ ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्यमा समस्या आउला । प्रेममा बाधाका साथै मन कमजोर रहला । वैदेशिक क्षेत्र कमजोर रहला । अलिक सचेत रहनुहोला । समय खराब चलिरहेको छ ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
आज जोश जाँगर र हिम्मत बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सन्तान सुख मिल्नेछ । इच्छा र आकाङ्क्षा पनि पूर्ण हुनसक्छ । धन लाभको योग छ । नसोचेको आम्दानी हुनेछ ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
समाजसेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ र रमाईलो यात्रा पनि हुनेछ । मन पदवी मिल्ने योग छ । बोलीको प्रभाव बढ्नेछ ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
रमाइलो यात्राको योग रहेको छ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । नयाँ कार्यको योजना बन्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । चाहेको हुनेछ । आफ्नो इच्छा पूरा हुँदा मन प्रफुल्ल हुनेछ ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ प्रेमीको सहयोग पाइनेछ । विश्वास गरेकाले साथ र सहयोग गर्नेछन् । अरुको साथबाट काम बन्नेछ । प्रसंशा चुलिनेछ ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
आज कार्यमा सफलता पाइनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला, तर साँझमा धन खर्च हुनेछ । खर्च गर्न सचेत हुनुभएन भने चिन्ता बढ्नेछ । राजनीतिक कार्यमा थप सफलता हुनेछ ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
शुभकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बढ्नेछ । बन्धु बान्धवबाट सहयोग पनि मिल्नेछ । शेयर बजारबाट पनि राम्रै सफलता मिल्नेछ । आर्थिक क्षेत्रमा लगानी गर्न नडराउनुहोस् । राम्रो लाभ लिने समय आएको छ ।

सम्बन्धित खबरहरु