बीबीसी । प्रह'रीको गो'लीले ए'कजना अश्वेत युवाको नि'धन भएपछि बढेको तनावका कारण अमेरिकाका दुईवटा सहरका मेयरहरूले त्यहाँ आपत्काल घोषणा गरेका छन्। मिनियापलिस र सेन्ट पलका मेयरहरूले आफ्ना सहरमा रातभरिका लागि कर्फ्यु लगाएका हुन्।

२० वर्षीय डन्टे राइटलाई आइतवार ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा मिनसोटाको ब्रुकलिन सेन्टरमा कारबाट बाहिर निकालिएको थियो। त्यसक्रममा उनी आफ्नो कारभित्र प्रवेश गर्न खोज्दा खिचातानी भई प्रह'रीको गो'ली ला'गेर उ'नको मृ'त्यु भएको प्रहरीले बताएको छ। प्रहरीले उक्त घटनालाई दुर्घटनाका रूपमा अर्थ्याएको भए पनि राइटको निधनको खबरले त्यस क्षेत्रमा प्रदर्शनहरू भइरहेका छन्। प्रदर्शनले उग्र रूप लिन थालेपछि मेयरहरूले आपत्काल घोषणा गरेका हुन्।

'त्यो दुर्घटना थियो'
मिनसोटाका प्रहरी प्रमुख टीम गानन्‍ले उक्त घटना "एउटा दुर्घटना" भएको संवाददाताहरूलाई बताए। उनका अनुसार प्रहरी अधिकारीले ग'ल्तीव'स गो'ली च'लाएकी थि'इन्। तर उक्त घटनालाई लिएर त्यहाँ प्रदर्शनहरू भइरहेका छन्।

[caption id="attachment_330609" align="alignnone" width="800"] REUTERS[/caption]

अर्का एक अश्वेत व्यक्ति जोर्ज फ्लोइ'डको ह'त्याको आ'रोप'मा ए'कज'ना पू'र्व अ'धिकारीमाथि चलिरहेको सुनुवाइका क्रममा नजिकैको मिनियापलिसमा पनि प्रदर्शनहरू भइरहेका छन्। सोमवार बिहानको एउटा पत्रकार सम्मेलनमा प्रहरी प्रमुखले उक्त घटनामा संलग्न महिला प्रहरी अधिकारीको श'रीरमा रा'खिएको क्या'मेरा'मा कै'द भएको दृश्य देखाएका थिए।

उक्त भिडिओमा राइटलाई ह'त्कडी ल'गाउन खो'ज्दा उनी जबरजस्ती आफ्नै कारमा पसेर बस्न खोजेको देखिन्छ। त्यसपछि एकजना अधिकारीले "टे'जर, टे'जर, टे'जर" भनेको सुनिन्छ। ती भनेका एकखाले अचेत बनाउने ब'न्दुक'बाट प्र'हार ग'र्नु'अघि भ'नि'ने श'ब्दहरू हुन् र त्यसलाई प्रहरीको सामान्य प्रक्रिया मानिन्छ।

त्यसपछि ती अश्वेत युवा राइट कारमा पस्छन् र कार गुडाउन थाल्छन्।
त्यसबेला तिनै अधिकारीले "मैले उ'सलाई गो'ली हा'ने" भ'नेको भिडिओमा सुनिन्छ। गम्भीर घाइते भएका राइटको गाडी केही अगाडि पुगेर दुर्घटनाग्रस्त भएको थियो। प्रहरी प्रमुखले ती अधिकारीले राइटलाई बेहोस बनाउन खोजेको तर ग'ल्तीले गो'ली च'लेको हु'नस'क्ने आफ्नो विश्वास रहेको बताए।

गो'ली हा'न्ने म'हि'ला अ'धिका'रीलाई अहिले बिदामा पठाइएको छ। सोही पत्रकार सम्मेलनमा ब्रुकलिन सेन्टरका मेयर माइक इलियटले राइटका लागि न्याय दिलाउन आफूले सबैथोक गर्ने बताए।

प्रदर्शन र कर्फ्यु
राइटको मृत्युको खबरसँगै ब्रुकलिन सेन्टरमा आइतवार रातिदेखि नै आ'क्रोशित प्र'दर्शनकारीहरूले प्रदर्शन सुरु गरेका छन्। सयौँ प्रदर्शनकारीहरूले उनको नाम लिएर प्रहरी प्रधान कार्यालयअघि धर्ना दिएका छन्।

रोयटर्स समाचार संस्थाका अनुसार प्रहरीले द'ङ्गा रो'क्ने प्र'यास गरेको छ र कतिपय प्रहरीका स'वारीसा'धनमा ढु'ङ्गामु'ढा प'नि भ'एको छ। प्रदर्शनकारीहरूले फुटपाथमा चकले लेखेका र मैनबत्ती बालेका थिए। पछि उनीहरूलाई अ'श्रु'ग्या'स र बे'हो'स पा'र्ने ग्रि'ने'ड' हा'ने'र' प्र'हरी'ले ति'तरबि'तर पारेको छ। स्थानीय समाचार संस्थाहरूका अनुसार त्यहाँ लु'टपा'ट पनि म'च्चि'एको छ।

मिनिआपोलिस र सेन्ट पलमा आइतवार र सोमवार रातिका लागि कर्फ्युको घोषणा गरिएको छ। राष्ट्रपति जो बाइडनले उक्त गो'ली प्र'हा'रलाई दु'खद भ'नेका छन्। तर उनले लु'टपा'ट म'च्चाउने का'र्यको कुनै पनि औचित्य नभएको बताए।

 

सम्बन्धित खबरहरु