काठमाडौं । त्रिभुवन विश्वविद्यालयले महत्वपूर्ण सुचना प्रकाशित गरेको छ । त्रिविको कानून संकाय डीनको कार्यालयले एल.एल.बी. प्रथम बर्षमा नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा फारम भर्ने र परीक्षा सञ्चालन हुने सम्बन्धी सूचना जारी गरेको हो ।

सुचनामा भनिएको छ, ‘यस संकायद्वारा शैक्षिक सत्र २०७६–७७ को लागि वार्षिक प्रणालीमा स्नातक तह एल.एल.बी. प्रथम बर्षमा नयाँ विद्यार्थी भर्नाका लागि लिइने प्रवेश परीक्षामा सम्मलित हुन चाहने सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

यसअघिपनि प्रवेश परीक्षा खुलाइएको थियो । तर तोकिएको संख्यामा नाम निकाल्न नसकेका कारण यो अन्तिम मौका स्वरुप पुन: आवेदन आह्वान गरिएको हो ।

सम्बन्धित खबरहरु