काठमाडौं । त्रिभुवन विश्वविद्यालयले महत्वपूर्ण सुचना प्रकाशित गरेको छ । त्रिविको कानून संकाय डीनको कार्यालयले एलएल.बी प्रथम बर्षमा नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा फारम भर्ने र परीक्षा सञ्चालन हुने सम्बन्धी सूचना जारी गरेको हो ।

सुचनामा भनिएको छ, ‘यस संकायद्वारा शैक्षिक सत्र २०७६–७७ को लागि वार्षिक प्रणालीमा स्नातक तह एलएल.बी प्रथम बर्षमा नयाँ विद्यार्थी भर्नाका लागि लिइने प्रवेश परीक्षामा सम्मलित हुन चाहने सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

सम्बन्धित खबरहरु