काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५१७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार २०३ को स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । जसमा चार हजार ३८६ जनाको पिसीआर र ८१७ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

यसमध्ये सबैभन्दा धेरै काठमाडौँमा १६१, त्यसपछि ललितपुरमा २६ र भक्तपुरमा १२ थपिएका छन् । आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ८० हजार ९८४ पुगेको छ ।

त्यस्तै पछिल्लो समय थप १५३ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७४ हजार ३१८ रहेको छ । निको हुने दर भने ९७ दशमलब ६ प्रतिशत छ ।

अहिले देशभर तीन हजार ६०८ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ८५ जना क्वारेन्टिनमा छन् । अन्य आइसोलेशनमा छन् । हालसम्म नेपालमा २३ लाख २१ हजार ६७० २८४ को पिसीआर परीक्षण भएको छ ।

त्यस्तै पछिल्लो समय कोरोनाका कारण पाँचको मृत्यु भएको छ । हालसम्मा तीन हजार ५८ ले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबरहरु