काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ का अवसरमा द्वन्द्वपीडितलाई सरकारका तर्फबाट सम्मान गर्नुहुने भएको छ । तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वकालमा लडाकु रहेका र हालसम्म राज्यले उचित सम्मान र सम्बोधन गर्न नसकेका र अन्य पीडितलाई सम्मान गर्न लागिएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका अनुसार आज दिउँसो सम्मान कार्यक्रम हुने भएको छ ।

 

सम्बन्धित खबरहरु