काठमाडौं । गत २४ घण्टाभित्र भारतमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा भारतमा कोरोना संक्रमितको संख्या १ लाख ८४ हजार भन्दा धेरै रहेका छन् ।

यो सँगै कुल कोरोना संक्रमितहरुको संख्या १ करोड ३८ लाख भन्दा धेरै पुगेको छ । अर्कोतिर २४ घण्टामा १ हजार २७ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म १ लाख ७२ हजार ८५ जनाको कोरोना महामारीका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार भारतमा हालसम्म कोरोना संक्रमणलाई जित्नेहरुको संख्या १ करोड २३ लाख नाघेको छ । गएको २४ घण्टामा ८२ हजार भन्दा धेरै कोरोना संक्रमणमुक्त भएका छन् ।

सक्रिय संक्रमितहरुको संख्या १३ लाख ६५ हजार पार गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ११ करोड ११ लाख भन्दा धेरै कोरोना खोप लगाइसकेको पनि जानकारी दिइएको छ ।

ANI on Twitter: "India reports 1,84,372 new #COVID19 cases, 82,339 discharges and 1,027 deaths in the last 24 hours, as per Union Health Ministry Total cases: 1,38,73,825 Total recoveries: 1,23,36,036 Active cases: 13,65,704 Death toll: 1,72,085 Total vaccination: 11,11,79,578 https://t.co/8fiNUNDp6W" / Twitter

 

सम्बन्धित खबरहरु