काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले महत्वपूर्ण सुचना प्रकाशित गरेको छ ।
त्रिविले जारी गरेको सुचनामा भनिएको छ, ‘त्रिवि विज्ञान तथा प्रविधि संस्थान अन्तर्गतका केन्द्रीय विभाग आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुमा सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत ग्रडिङ सिस्टम अनुसार स्नातकोतर तह २०७७ सालको नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षाको कार्यक्रम प्रकाशित गरिएको छ ।’