काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले महत्वपूर्ण सुचना जारी गरेको छ । त्रिविले स्नातक तह तेस्रो वर्ष मानविकी र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका मौका समेतका काठमाडौँ उपत्यकाका परीक्षार्थीहरूको परीक्षा केन्द्र सम्बन्धी सूचना प्रकाशित गरेको हो ।
त्रिविले जारी गरेको सुचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरूप २०७७ साल माघ २७ गतेदेखि सञ्चालन हुने मानविकी संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ स्नातक तह तेस्रो वर्षका नियमित–आंशिक तथा मौका समेतका परीक्षा दिने काठमाडौँ उपत्यकाका परीक्षार्थीहरूको परीक्षा केन्द्र सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’