काठमाडौं । त्रिभुवन विश्वविद्यालयले महत्वपूर्ण सुचना प्रकाशित गरेको छ । त्रिवि व्यवस्थापन संकाय, डीनको कार्यालयले परीक्षा केन्द्रसम्बन्धी जरुरी सुचना जारी गरेको छ । तेश्रो सत्र नियमीत परीक्षा कार्यक्रम–२०२१ को परीक्षा तालिका सम्बन्धी सूचना जारी गरिएको हो ।
सुचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयबाट सेमेष्टर प्रणालीमा सञ्चालित मास्टर अफ विजिनेश स्टडिज् मास्टर अफ पब्लिक एड्मिनिस्ट्रेसन कार्यक्रममा २०७५ साल (सन् २०१९) मा प्रथम सत्रमा भर्ना भएका नियमित परीक्षार्थी र सन् २०१९ अघि भर्ना भै तेश्रो सत्रको परीक्षाको परीक्षा फाराम भरी अनुर्तिण वा अनुपस्थित भएका आंशिक परीक्षार्थीहरुसमेतको तेश्रोे सत्रको नियमित परीक्षा देहायबमोजिम संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो परीक्षा तालिका प्रकाशित गरिएको छ ।’