काठमाडौं । नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको भनिएको कर्णाली प्रदेश सरकारले विश्वासको पुर्ण बहुमत पाएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाउँनु भएको हो ।

नेकपा एमालेका सांसदहरुले फ्लोर क्रस गरेपछि शाहीको सरकार जोगिएको हो । ३९ सदस्यीय प्रदेशसभाको विश्वास पाउन २० प्रदेशसभा सदस्यको मत आवश्यक हुन्छ । तर मुख्यमन्त्री शाहीले २२ मत प्राप्त गर्नुभयो ।

प्रदेशसभामा मुख्यमन्त्री शाहीको दल नेकपा माओवादी केन्द्रका १२ जना मात्र सांसद छन् । त्यस्तै नेपाली कांग्रेसका ६ सांसद रहेका छन् । नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको छ । एक सदस्य रहेको राप्रपा भने तटस्थ रहेको थियो ।

नेकपा एमालेका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमर थापाले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको जनाइएको छ । विश्वासको मतको विपक्षमा १५ मत परेको छ ।

सम्बन्धित खबरहरु